
अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेको डेनमार्क युरोपियन छनोटको अन्तिम खेलमा पराजित भएको छ । यसअघि लगातार ९ खेल जितेको डेनमार्क समूह एफको अन्तिम खेलमा स्कटल्याण्डसँग २–० ले पराजित भएको हो ।
घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्याण्डका लागि जोन सुटर र चे एडम्सले गोल गरे । डेनमार्क १० खेलबाट २७ अंक जोडेर शीर्ष स्थानमा रहँदा स्कटल्याण्ड २३ अंक जोड्दै दोस्रो भयो । स्कटल्याण्डले अब विश्वकप पुग्नका लागि प्लेअफ खेल्नेछ ।


