
मोरङ उर्लाबारीका नयन श्रेष्ठ ‘मल्टी’ कार्यहरू गर्दै आइरहेका छन् । उनी विभिन्न संघ संस्थाहरूमा आपद्ध भएै कलाकारितामा भिज्ने सुरसारमा छन् ।
मधुमल्ला–९ मा जन्मिएका उनी हाल भने उर्लाबारी–१ मिलन चौकमा रही कलाका विविध क्षेत्रमा सक्रिय भइरहेछन् । वि.सं. २०६१ मा उर्लाबारी गजल मञ्चको संस्थापक सदस्य, हाल उपाध्यक्ष उनी लेखन र निर्देशनमा पनि अघि बढिरहेका छन् । उनले आफ्नो अभिनयलाई चलचित्र ‘सावित्रा’ मार्फत् डेब्यु गराएका हुन् । त्यसपछि पागल, विश्वासिलो साथी साथै म्यूजिक भिडियोहरूमा जीवन्त अभिनय पस्किसकेका छन् ।

उनले वि.सं. २०६२ मा ‘प्रेमको परिणाम/ छुवाछुत/ दमन लगायत नाटकहरू लेखिसकेका छन् । यस्तैगरी उनी प्रज्ञा भिडियो स्टुडियोको प्रोपाइटर पनि हुन् । यसरी कलाकारितासँगै उनले प्रज्ञा अनलाइन टि.भी. पनि सञ्चालन गर्दै आइरहेका छन् । कलकारिता के हो ? भन्ने क्रेजी साप्ताहिकको प्रश्नमा उनले भने–‘आफूमा भएको रियल स्टोरी र रियल क्षमता आम दर्शकलाई देखाउनु नै कलाकारिता हो ।’

