
क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिबसताक्षीको फाक्तेपमा अवस्थित बाल सेवा विद्यालयमा यही मंसिर ११ गतेदेखि संचालन हुने पहिलो प्रथम एनी फाक्तेप गोल्डकपको टाइसिट (खेल तालीका) सार्वजनिक गरिएको छ ।
आयोजक फाक्तेप फुटबल क्लबले खेल तालिका सार्वजनीक गरेको हो । फाक्तेपमा पहिलो पटक हुन लागेको गोल्डकपमा झापाको ४ टिम र जिल्ला बाहिरका ४ टिम गरी जम्मा ८ टिमको सहभागिता रहने खेल तालिकामा उल्लेख गरिएको छ ।
झापाको जलथल फुटबल क्लब हल्दीबरी, तुर्केनी फुटबल क्लब काकाडीभिट्टा, रोयल स्पोटिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब रहेका छन् भने जिल्ला बाहिरका पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोर्टिङ क्लब सिन्धुली, माइभ्याली फुटबल क्लब इलाम र धारान सिटी फटबल क्लब सुनसरीको सहभागिता रहनेछ ।
गोल्डकपको उद्धघाटन खेल पथरी फुटबल क्लब मोरङ र दुधौली स्पोटिङ क्लब सिन्धुली बिच खेल हुनेछ गोलडकपको बिजेता र उपबिजेताले क्रमश नगद १ लाख १ हजार र ५१ हजार नगदसहित मेडल टफी र प्रमाणपत्र प्रदान गरिने आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेमजोङ बताएका छन ।
खेल मैदान मर्मतको काम सम्पन्न भइसकेको छ भने हाल स्टेज र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । मंसिर १८ गते समापन हुने गोल्डकपको प्रत्यक्ष मनेरञ्जन लिनको लागि दर्शकलाइ निःशुल्क प्रबेश गराइने आयोजकले जनाएको छ ।

