जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई स्तब्ध पार्दै आयोजक फाइनलमा - Crazysaptahik.com

जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

क्रेजी संवाददाता
जहदा । मोरङको कानेपोखरी—५  मा अवस्थित  जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई स्तब्ध पार्दै  आयोजक जहदा फाइनलको यात्रा तय गरेको छ ।

विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै आयोजक जहदा फाइनलमा पुगेको हो । आयोजक जहदा भेट्रानस एफसीका क्याप्टेन चरण गुरुङले खेलको १० औं मिनेटमा १ गोल गर्दै अग्रता दिलाएका थिए । जहदाका जर्सी नम्बर ९ का खेलाडी रमेश गुरुङको क्रस पासमा जर्सी नम्बर १० का चरण गुरुङले पोष्ट नजिकबाट जाली चुमाएका थिए ।

त्यसैगरी आयोजक जहदाका ९ नम्बरे खेलाडी रमेश गुरुङले १ गोल थप्दै टिमलाई बलियो बनाएका थिए । खेलको ३३ औं मिनेटमा विर्तामोड भेट्रानस एफसीका जर्सी नं. १९ का पालियर भुटियाले सान्तवाना १ गोल फर्काएका थिए । खेलको ३८ औं मिनेटमा आयोजक जहदाका जर्सी नंं ८ का नगेन लिम्बुले १ गोल थप्दै खेललाई १–३ गोलको अन्तर बनाएका थिए ।

त्यसैगरी खेलको ५८ औं मिनेटमा आयोजक जहदाका जर्सी नं. १७ का विष्णु सुवारले १ गोल लगाएका थिए । अन्तिम समय सम्म विर्तामोड भेट्रानस एफसीका खेलाडीले गोल लगाउने धेरै प्रयास गरेपनि १ गोल मै चित बुझाउनु परेको थियो । खेलको म्यान अफ द म्याच आयोजक जहदाका रमेश गुरुङ घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए ।

भोली शुक्रबार सेमिफाइनल खेल हाम्रो इटहरी भेट्रानस र हाम्रो धरान भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले जानकारी दिए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.