
क्रेजी संवाददाता
पथरी । नेपाल कम्युनिस्ट पार्टी एमाले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले शुक्रबारदेखि ‘टोलटोलमा एमाले अभियान’ सुरुवात गरेको छ ।
वडालाइ १० वटा टोलमा विभाजन गरेको एमालेले आजदेखी टोलटोलमा गएर आफ्नो टोल कमिटी गठन गर्ने र उक्त टोलमा रहेका समस्याहरू पहिचान गरी समाधान गर्न पहल गर्ने अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।
यो आन्दोलन जनएकता तथा रुपान्तरणको भएको र त्यसको लागि संगठन दरो हुनैपर्ने भएको हुदा मङ्सिर महिना भित्रमा टोल कमिटीहरु गठन गरिसक्ने गरी अभियान बढाइएको कार्कीले थपे ।
कार्यक्रमको प्रमुख अतिथि एमाले पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष रमेश दाहालले ८ नम्बर वडाले अन्य वडालाई समेत संगठन बिस्तारको पाठ सिकाएको बताए । यसैगरी नगर सचिव भिमकुमार राईले कार्यक्रममा बोल्दै एमालेले सधै जनतासँगै काम गर्ने र जनताको मन जित्ने कुरामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

टोल नम्बर १ मा जितबहादुर तिम्सिनाको संयोजकत्वमा बिधान बमोजिम २१ सदस्यीय टोल कमिटी गठन गरेको कार्यक्रममा एमाले क्षेत्रीय कमिटी सदस्य प्रकाश कार्की, नगर कमिटी सदस्यहरु कुलबहादुर बिष्ट, निलकण्ठ सुवेदी लगाएत वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको वडा पार्टी उप–सचिब रमेशकुमार कटुवालले जानकारी गराए ।

