फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता - Crazysaptahik.com

फ्रेन्च लिगमा मेसीको पहिलो गोल, पीएसजीलाई १२ अंकको अग्रता

लिओनल मेसीले फ्रेन्च लिग वानमा पहिलो गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्ट्सलाई ३–१ ले पराजित गरेको छ ।दोस्रो हाफमा केलर नाभासले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिए पनि पीएसजीले जित हात पारेको हो । जितपछि पीएसजीले शीर्ष स्थानमा १२ अंकको आरामदायी अग्रता बनाएको छ ।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलको दोस्रो मिनेटमै किलिएन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर ६५औं मिनेटमा गोलकिपर केलर नाभास रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटियो । ७६औं मिनेटमा आरके मुएनीले नान्ट्सका लागि बराबरी गोल फर्काएका थिए ।

तर ८२औं मिनेटमा नान्ट्सका अपिहको आत्मघाती गोलमा पीएसजीले २–१ को अग्रता बनायो । त्यसपछि मेसीले ८७औं मिनेटमा एमबाप्पेको पासमा लिग वानको डेब्यु गोल गरे । जितपछि पीएसजीको १४ खेलबाट ३७ अंक छ । दोस्रो स्थानको रेन्सको समान खेलबाट २५ अंक छ । नान्ट्स १८ अंकसहित ११औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.