एमालेको केन्द्रीय सदस्यमा बास्कोटाको उम्मेदवारी हुने - Crazysaptahik.com

एमालेको केन्द्रीय सदस्यमा बास्कोटाको उम्मेदवारी हुने

भूमिप्रसाद पाठक
मोरङ । युवा नेता युवराज बास्कोटाले यस पटक पनि नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निधो गरेका छन् ।

लामो समयसम्म प्रवास क्षेत्रको पार्टीकै कामको प्रतिनिधित्व गर्दै आएका बास्कोटा सम्पन्न उक्त महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलका उम्मेदवार थिए । गएको ८ वर्षयता देशभित्रको पार्टी काममा निरन्तर जोडिएका बास्कोटा अध्यक्ष ओलीको राजनीतिक–बैचारिक लिगेसीमाथि उभिएर दर्विलो तर्क गर्ने नेताका रूपमा दरिन्छन् ।

यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औँ राष्ट्रिय महाविशेनमा नेता बास्कोटाले खुल्ला अथवा भूगोल कुनै पनि एउटा क्षेत्रबाट केन्द्रीय सदस्यमा लड्ने पक्का भएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनले प्रयोग र विकास गरेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त– जनताको बहुदलीय जनवादले पहलकदमी र प्रतिस्पर्धाको माहौलबाट सर्वश्रेष्ठता आर्जन गर्ने कुरालाई जोडतोडका साथ उठाए पनि परस्पर संवाद र सहमति पनि लोकतान्त्रिक आचरण, चरित्र र यसको अभिन्न अंगका रूपमा विकास भएको ठान्दछन् ।

आफू केन्द्रीकृत अभिव्यक्ति स्वयंमा सहमतिको बाधक हो भन्दै प्रतिनिधि चयनको प्रक्रियामा समेत आकांक्षी साथीहरूका लागि आफू ब्याक भएर सहमतिका लागि मार्गप्रशस्त गरेका बास्कोटालाई सहमतिकै प्रक्रियाबाट केन्द्रीय नेतृत्व निर्माण गर्ने कुरामा पनि उत्तिकै मञ्जुर रहेका उनी बताउछन् ।

बहुदलीय राजनीतिको जगबाट राजनीतिक जीवन आरम्भ गरेका बास्कोटा पार्टी कामको सन्दर्भमा देश–बिदेशको अनुभव आर्जन गरेका छन् । छलछामयुक्त, काइते र घुमाउरा कुरामा होइन, विषयगत कमाण्ड सहित सार्वजनिक जीवनमा समेत पेश हुने उहाँले २०५१ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका हुन् ।

अनेरास्ववियु एकताको पाँचौं, अभानेस्ववियु र प्रवासी नेपाली संघ भारतको नेतृत्व लिँदै पार्टी काममा होमिएका बास्कोटाले दिल्लीबाट स्नाकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेका छन् ।
गणतन्त्र प्राप्तिका लागि एमालेको राजनीतिक–बैचारिक नेतृत्वमा सञ्चालित २०६२–०६३ को राजतन्त्रविरोधी जनआन्दोलनको क्रममा दिल्लीको जेलनेल समेत खेपेका उनलाई आन्दोलनबाहेक कुनै अर्को क्षेत्र रोजाइको विषय बनेन ।

बास्कोटाले लामो समयसम्म यसको नेताका रूपमा उभिएर नेतृत्व प्रदान गरेको संगठन– अभानेस्ववियुका निर्माणकालका अध्यक्ष शंकर पोखरेल यतिबेला पार्टीको महासचिवको उम्मेदवारको चर्चामा छाइरहेको बेला आफूलाई प्रतिनिधिले कसो नपत्याउलान् ? उनको तर्क छ ।

सक्रिय राजनीतिमा संलग्न अढाइँ दशकभन्दा लामो जीवनकालमा आजसम्म कुनै लाभको पदका नलिएका उनलाई अध्यक्ष ओली पक्षीय हार्डलाइनर नेताका रूपमा संकेत गर्दै बेलाबेलामा उछितो काड्ने र तोजोवध गर्ने ढंगले आफ्नैले गरेको प्रयत्नप्रति पीडाबोध होइन, साथीभाइको यो तौरतरिकाप्रति दुःख लागेर आउने बास्कोटा बताउछन् । यदाकदा हमला हुन्छ र भइरहन्छ, तथापि बास्कोटा भने आफ्नो अध्ययन र लेखनको तर्कपूर्ण क्षमतालाई अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बलियो ढंगले पेश गर्छन् ।

महाधिवेशन प्रतिनिधि छनौट भए लगत्तै बास्कोटालाई बधाईं दिने सामाजिक सञ्जालका साथीहरूले केन्द्रीय सदस्य भएर आउने सन्दर्भमा शुभेच्छा दिएसँगै उहाँप्रति आशा र अपेक्षा चुलिएको कुरा प्रस्टैसँग देख्न सकिन्छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.