प्रथम एनी फाक्तेप गोल्डकपको तयारी अन्तिम चरणमा - Crazysaptahik.com

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता
शिवसताक्षी । प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थापित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा दर्शक बस्ने प्याराफिट, स्टेज र खेलमैदान सफा गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङका अनुसार खेल मैदान सम्याउने, झार उमार्ने, पानी लगाउने लगायतका सवै कार्यहरु यसअघि नै पूरा भइसकेको छ । यस्तैगरी गोल्ड कपमा आगन्तुक पाहुना र दर्शकहरुका लागि पूर्वपश्चिम लोकमार्गको डुडामारी चौकमा प्रवेशदवार सहितको भब्य गेट निर्माण कार्य पूरा भएको छ । खैल मैदानमा २ ५ सय दर्शकहरु बस्न सक्ने प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मैदानको उत्तर र दक्षिणतर्फ भने प्याराफिट नहुने अध्यक्ष चेम्जोङले जानकारी दिए ।

प्याराफिटसँगै खेलमैदान प्रवेशदवारमा स्वागत गेट निर्माण कार्य भइरहेको  छ ।  गोल्ड कपमा आगन्तुक दर्शक तथा पाहुनका लागि शौचालय, पिउने पानी र सवारी पाकिङ गर्ने स्थलको निर्माण कार्य पुरा भइसकेको छ ।

झापा, मोरङ, इलाम, सुनसरी, धनकुटा र सिन्धुलीका कुल ८ टिमको सहभागिता हुने गोल्डकपमा बिजेताले नगद १ लाख १ हजार र उपबिजेताले नगद ५१ हजारसहित ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र पाउने गोल्डकप खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए । थेगिमका अनुसार गोल्ड कपको उद्घाटन खेलमा मोरङ पथरी फूटबल क्लब र दुधौली फुटबल क्लब सिन्धुली बीच हुने छ ।

गोल्ड कप सञ्चालनका लागि रोजगारीको शिलशिलामा प्रवासी जीवन विताइरहेका युवाहरुको विशेष पहल र सक्रियता रहेको प्रवास आर्थिक संयोजक निकेश खत्रीले बताए । कतारमा कार्यरत खत्रीसहित दुवईमा कार्यरत सुवास आङदम्बे लगायत अन्य क्रियाशिल युवाहरुको पहलमा प्रथम एनी फाक्तेप गोल्ड कप सञ्चालन गर्न तयारी गरेको हो ।

गोल्ड कप सञ्चालनका लागि प्रवासबाट रु २० लाख बराबर आर्थिक सहयोग संकलन भएको उनले बताए । केही नगद संकलन भइसको र केही आर्थिक सहयोग संकलन हुने क्रममा रहेको प्रवास आर्थिक सहयोग समितिका संयोजक खत्री बताउँछन् ।

यता, गोल्ड कप प्रचार प्रसार विभाग प्रमुख पत्रकार गोविन ल्वागुनका अनुसार ग्रामिण क्षेत्रमा गोल्डकप आयोजना गर्न चुनौतीपूर्ण रहेको र त्यसलाई सहज र उचित व्यवस्थापन गर्दै खेल सम्पन्न गर्न फाक्तेप फुटबल क्लबले विभिन्न उपसमितिहरु गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ ।

गोल्ड कपमा झापाको ४ टिम र जिल्ला बाहिररका ४ टिम गरि जम्मा ८ टिमको सहभागिता रहने छ । झापाको जलथल फुटबल क्लब हल्दिबारी, तुर्केनी फुटबल क्लब काकाडीभिटा, रोयल स्पोटिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब रहेका छन् ।

शिवसताक्षी नगरपालिका र झापा जिल्ला फुटबल संघले समन्वय गर्ने गोल्ड कपलाई मुख्य प्रायोजक एनी स्पोर्टस क्लोथ ब्राण्डले गर्ने भएको छ । सह प्रायोजकको रुपमा एलभीडी क्लोथ ब्राण्ड काठमाडौं, ओप्पा क्याफे एण्ड लज, धरमपुर, ग्यालेक्सी फिटनेश, विर्तामोड, भिल्ला फेसन वेयर, विर्तामोड, कुसांग कलेक्सन, झिलझिले, ओमशान्ति टेडर्स, विर्तामोड, चांग रेष्टुरेण्ड एण्ड बार, दुधे, शिवसताक्षी ज्वेलर्स, चन्द्रडाँगी, भेनस ब्रान्डेट वेयर दमक छन् ।

त्यस्तैं, गोल्डकपमा मेडिकल पार्टनरमा डुडामारी डाईग्नोष्टिक सेन्टर र लालीगुराँस हेल्थ केयर सेन्टरले गर्ने भएको छ । मिडिया पार्टनरमा सतासी साप्ताहिक, सताक्षी न्यूज डटकम, क्रेजी साप्ताहिक, हाम्रोसरोकार डटकम र साझामन्च डटकमले गर्ने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.