छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक - Crazysaptahik.com

छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक

नेपाली कथानक छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक भएको छ ।

प्रकाश लिम्बूद्वारा निर्देशित जुरेली फिल्म्स प्रा.लि. को पहिलो प्रस्तुति लघु चलचित्र ‘कर्तव्य’ बुधबार धरानमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको हो । चलचित्रको निर्माण राकेश राई र विनोद रसाइली ‘जुरेली’ ले गरेका हुन् ।

चलचित्रको छांयाकन तथा सम्पादन एडम लिम्बुले गरेका हुन् । चलचित्रमा कलाकारहरू शारदा शाक्य, गुन्सरी तामाङ, सुजता शेर्पा, नरेश विश्वकर्मा, विशाल सुनुवार, लक्ष्मण खनाल, सुवार राई, उमा चाम्लिङ, कल्पना खड्का, नवीन रम्तेल, सुजन रसाइली र मनोज तिवारीले अभिनय गरेका छन् ।

बाल कलाकार आभाष लिम्बु र प्रकाश लिम्बुले पनि अभिनय गरेका छन् । लघु चलचित्र ५ लाखमा निर्माण भएको निर्माता विनोद रसाइली जुरेलीले जानकारी दिए । मानवीय क्रियाकलापले जलवायु परिवर्तन भई ठूला जोखिमहरू उत्पन्न भई दुर्घटनासमेत हुनथालेकाले समयमै सचेत हुनुपर्ने सन्देश दिएको निर्माण पक्षले जनाएको छ । १ घण्टाको लघु चलचित्र विद्यालयमा प्रदर्शन गरिसकेपछि मात्रै युट्युबमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई देखाइनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.