रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश - Crazysaptahik.com

रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश


पथरीशनिश्चरे, ६ मंसीर  । जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको पहिलो चरणको खेलमा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार सिंहदेवी मावि ,वेलवारीको खेल मैदानमा संचालन भएको प्रतियोगितामा रेडस्टार माविले भगवती माविलाई पराजित गरेको हो ।

वेष्ट अफ थ्रीु खेल ( नियम अनुसार आयोजक भगवती मावि टिमसँगको प्रतिस्पर्धात्मक खेलमा रेडस्टार माविको टिमले २४\२४, २४\१४ र २४\१७ को अन्तरले विजयी हासिल गरेको हो ।

पर्सी बुधबार हुने सेमीफाइनलको खेलमा मंगलबार शिक्षा सन्देश मावि , वेलवारी र सिंहदेवी एकाडेमी ,राधानगरविच हुने प्रतियोगिताको विजेता टिमसित रेडस्टार टिमले प्रतिस्पर्धा गर्ने रेडस्टार माविका भाईरस प्रिन्सिपल बसन्त मादेनले जनाउनुभयो।

सिंह देवीमावि वेलवारीद्वारा आयोजित उक्त प्रतियोगितामा मोरङ जिल्लाभरीका ८ वटा माविहरूले भाग लिएका छन्। जसमा भगवती मावि ९वेलवारी० , शिक्षा सन्देश मावि९ वेलवारी० ,रेडस्टार मा वि९ पथरी०, सिंहदेवी एकेडेमी९ राधानगर०, झापा मेरीगोल्ड९ दमक० , सिद्धार्थ कलेज ९खोर्साने० ,ब्राइट फ्यूचर ९ विराटचौक० तथा कसेनी मावि ९कसेनी ० सहितको सहभागिता रहेकोछ। उक्त प्रतियोगिता आगामी १० गते सम्पन्न हुने भएकोछ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.