
भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, मंसिर ७ गते । आसन्न महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने पथरी शनिश्चरे नगरपालिका, मोरङ निवासी युवराज बास्कोटा सामाजिक सञ्जालमार्फत आफ्नो अवधारणा सार्वजनिक गर्दै यो मूलतः नेकपा एमालेको राजनीतिक जीवनमा पछिल्लोपटक मात्र यसको अत्यन्तै सफल नेतृत्व गर्नु हुने श्रद्धेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निरन्तरताका लागि नवीकृत अवस्था मात्र हो भन्छन् ।

उनी थप्छन्( यसबीचमा देशको राजनीतिक वस्तुस्थिति र हाम्रो पार्टीको संगठनात्मक जीवन आफैंमा अलिक फरक ढंगले विकास भएको छ । यसर्थ, पदाधिकारी सहित सिंगो केन्द्रीय नेतृत्व सहमतिमा निर्माण होस् १ राजनीतिक\बैचारिक हिसाबले परिपक्व, सुदृढ, मार्क्सवाद\लेलिनवाद र जनताको बहुदलीय जनवादको आधारभूत विषयोपर गहिरो ज्ञान भएको अनुहार आओस्, सम्बद्ध सबैलाई धेरै धेरै शुभकामना !

