
क्रेजी संवाददाता
केर्खा । यही मंसिर १७ गते शुक्रबार झापाको कमल गाउँपालिका–४ किरात चौकमा सिद्धान्त खड्का लाइभ कन्सर्ट २०७८ हुनेभएको छ ।
रियालिटो शो नेपाल स्टारमा पावर प्याक प्रफमरबाट परिचित झापा केर्खाका गायक खड्काको सांगीतिक प्रस्तुति हुने भएको हो । यस सांगीतिक कार्यक्रमलाई नवज्योति सयपत्री क्लबले आयोजना गरेको हो । गायक खड्का चर्चित रियालिटो शो नेपाल स्टारमा टप ६ सम्म पुगेका थिए ।
नेपाल स्टारमा आफ्नो आवाज मार्फत् गायक खड्काको आगामी सांगीतिक जीवनमा थप सफलता र उर्जा प्रदान गर्न कार्यक्रम आयोजना गरिएको हो । साँझ ५ बजेदेखि हुने सो सिद्धान्त खड्का लाइभ कन्सर्ट नाम दिइएको सांगीतिक कार्यक्रममा गायक खड्काका अलवा गायक नन्दु गुरुङ र एकाग्र ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।

गायक नन्दु गुरुङ मोरङ पथरीका हुन् । दमकमा कार्यक्षेत्र बनाएर नेपाली साँगीतिक क्षेत्रमा सघर्षशिल गायक गुरुङका दुई दर्जन बढी गीतहरु रेकर्ड भइसकेको छ । किरात चौकका स्थायीवासी समेत रहेका गायक खड्काप्रति सम्मान दर्शाउदैं कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका जीतेन साङपाङ राईले जानकारी दिए ।
सोे कार्यक्रममा मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतीहरुसँगै विभिन्न क्षेत्रका अग्रज तथा इमान्दार व्याक्तित्वलाई मान सम्मान गरिने भएको छ । सो लाइभ कन्सर्टमा सामाजिक, राजनीति, शिक्षा, कला, साहित्य, धार्मीक, परोपकार र विकासप्रेमीहरुलाई सम्मान गरिने भएको हो ।
लाइभ कन्सर्टलाई टुबोर्ग वियरले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तैं, मुकारुङ ज्वलेर्स (केर्खा), मौनदिप मोबाइल (दमक), पलेटी लोकदोहोरी रेष्टुरेन्ट (दमक), विचित्र डिजाइन (दमक), मकालु पुस्तक पसल (दमक), ज्ञान कन्ट्रकसन (केर्खा), फौदराज घतराज (दमक) र रमेश राई (हङकङ) ले सहप्रायोजन गर्ने भएको छ । कार्यक्रमको साउण्ड पार्टनरमा इगल डिजिटल साउण्ड दमक रहने भएको छ ।

