सह्रानीय कार्यमा पथरीशनिश्चरेका उपप्रमुख बिष्ट - Crazysaptahik.com

सह्रानीय कार्यमा पथरीशनिश्चरेका उपप्रमुख बिष्ट

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुन बिष्ट वास्तोलाको पहलमा नगरमा बेसहारा अवस्थामा रहेकी एक जना महिलाको उदार गरी मानव सेवा आश्रम विराटनगरमा राखिएको छ ।

पथरीशनिश्चरेको वडा नम्बर २ मा अवस्थित राजमार्ग उत्तर हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिकै जंगलमा केही दिनदेखि ती महिला बेसहारा अवस्थामा बस्दै आएकी थिइन् ।

सो कुराको जानकारी पाएपछि नगर उपप्रमुख बास्तोलाको अगुवाईमा हरियालीका वनका अध्यक्ष कावुलबहादुर मगर (विकास), इलाका प्रहरी कार्यालय सहितले महिलाको संकटपूर्ण अवस्थाका बारेमा अनुगमन गरेर उदार गरी आश्रम पठाइएको हो ।

महिला त्यहाँ केही दिनदेखि वस्दै आएकी थिइन् । उपप्रमुख बास्तोलाको समन्वयमा यसअघि पनि बेसहारा अवस्थाका मानिसहरुलाई उदार गरी मानव सेवा आश्रम सहितका संस्थाहरुमा पठाएर उनीहरुको खाने, वस्ने, स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउँदै आइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.