एनी फाक्तेप गोल्डकप : आयोजकलाई स्तब्ध पार्दै काँकडभिटा सेमिफाइनलमा - Crazysaptahik.com

एनी फाक्तेप गोल्डकप : आयोजकलाई स्तब्ध पार्दै काँकडभिटा सेमिफाइनलमा

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को आज भएको खेलमा तुर्केनी युथ फुटबल क्लब काँकडभिटाले विजयी हुँदै सेमिफाइनलको यात्रा तय गरेको छ ।

बाल सेवा स्कुलको खेल मैदानमा भएको खेलमा तुर्केनी फुटबल क्लबले आयोजक फाक्तेप फुटबल क्लबलाई १ –२ गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ११ औं मिनेटमा काँकडभिटाका जर्सी नं. ६ का इन्द्रजंग लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि आयोजकका तर्फबाट ३२ औं मिनेटमा रजिन माझीको पासमा मनिश लिम्बुले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १ – १ को बराबरी खेलेको दुवै टिमले राम्रा अवसरहरु मिस गरेको थियो । खेलको दोस्रो हाफको ६७ औं मिनेटमा काँकडभिटाका विकेश लिम्बुले गोल गर्दै आफ्नो टिमलाई विजयी गराए । खेलको म्यान अफ द म्याच विजेता टिमका निर्णायक गोलकर्ता विकेश लिम्बु घोषित भए । उनलाई प्रमुख अतिथि वडा नं. ७ का वडाध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका प्रवक्ता नविन इजमले टफी र नगद प्रदान गरेका थिए ।

भोलिको पहिलो सेमिफाइनल खेल पथरी स्पोटिंग क्लब भर्सेस धरान सिटी फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.