अर्जुनको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित - Crazysaptahik.com

अर्जुनको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम प्रदेशले वाईवाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेले पराजित गरेको हो ।

दोस्रो जितपछि सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ । पाँच खेल खेलेको गण्डकीको भने यो तेस्रो हार हो । अर्जुनले ६८ रन बनाएपछि सुदूरपश्चिमले २१० रनको लक्ष्य ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो ।

प्लेअर अफ दि म्याच उनले ७९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै राहुल भण्डारीले अविजित ४२ बल जोडे । कप्तान खड्ग बोहोराले ४० रन योगदान गरे । गण्डकीका लागि सुवास भण्डारीले ३ तथा सुदीप अर्यालले २ र अर्जुन कुमालले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ५६ र उत्सव श्रेष्ठले ४० रन बनाए । सुदुरपश्चिमका लागि कैलाश ऐरीले सर्वाधिक ३ विकेट लिए । आकाश चन्द र गजेन्द्र बोहोराले २–२ विकेट तथा नारायण जोशीले १ विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.