
क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाको २ नम्बर वडा कार्यालय भवनको बुधबार उद्घाटन भएको छ ।
वडा कार्यालयले औपचारिक कार्यक्रमका बीच नगर प्रमुख दिलिपकुमार राई (किशार), उपप्रमुख यमुना विष्ट बास्तोलाको संयूक्त बाहुलीबाट नव निर्मित कार्यालय भवनको उद्घाटन भएको हो ।
वडाध्यक्ष एवं नगरका प्रवक्ता यामप्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडाध्यक्ष नेत्रप्रसाद दाहाल, पूर्व गाविस अध्यक्ष मोहन तुम्वापो, नेकपा एमालेका तर्फबाट नैना राई, कांग्रेसका तर्फबाट टिका तामाङ र माओवादीका तर्फबाट थवराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी जग्गादाताहरू पन्च कुमार राई र सृजना राईबाट १ कठ्ठा १८ धुर, दुर्गा खतिवडा र सुजता खतिवडाबाट १ कठ्ठा १० धुर, दिपक खतिवडा र कमला खतिवडाबाट १ कठा २ धुर, रामभक्त राई र बालिका खतिवडाबाट १० धुर गरी जम्मा ५ कठ्ठा जग्गा उपलब्ध गराउने सबैलाई सम्मान गरिएको थियो ।
यस्तै पञ्चायत कालदेखि अहिलेसम्मका जनप्रतिनिधहरु कृष्णकुमार सुब्बा, स्व. तिलक वान्तवा राई, मोहन तुम्वापो, र वडाध्यक्षहरु स्व. सइकुमार राई, पार्थबहादुर बुढाथोकी, रत्न बहादुर बस्नेत, नेत्रप्रसाद दाहाल, अग्नी गुरुङ, पूर्व उपाध्यक्ष पोमप्रसाद दाहाल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ‘हाम्रो पथरी शनिश्चरे’बोलको गीतमा रेडस्टारका विद्यार्थीहरुले स्वागत नृत्य पस्कका थिए भने कार्यक्रमको अन्त्यमा दोषी को ? शीर्षकको नाटक पनि प्रस्तुत गरिएको थियो ।


