एमालेको टोल कमिटी गठन - Crazysaptahik.com

एमालेको टोल कमिटी गठन

भूमिप्रसाद पाठक

पथरी शनिश्चरे । पथरी शनिश्चरे वडा नं. १० अन्तर्गत २ नं. टोल कमिटी गठन भएको छ । डाँस खोलापूर्वदेखि चौकी डाँडासम्म फैलिएको यो टोलमा एमालेले कमिटी गरेको हो ।

भूल्के पशुपति सामुदायिक वनको सभाहलमा सम्पन्न कमिटी गठन कार्यक्रमबाट मिना तामाङको अध्यक्षतामा क्रमशः शिवनारायण लिम्बू, पूनम शिवा, केशरबहादुर विश्वकर्मा, अनुप थापा, उद्धव भट्टराईं, नवीन श्रेष्ठ, होमबहादुर थापा, सन्तोष राईं, रामबहादुर तेइङ लिम्बू, माया लिम्बू, भीमबहादुर महरा, सुस्मिता लिम्बू, चक्र बानियाँ, धनबहादुर लिम्बू, पर्मिला राईं, वलबहादुर मगर र सन्तोष तुम्सा लिम्बू चयनित भएको जनप्रतिनिधि समेत रहेका एमाले स्थानीय नेता अनोज घिमिरेले बताए ।

चइन्जो क्या रे पार्टी जिल्ला कमिटी सदस्यद्वय जीवन खतिवडा र भगतचन्द्र थपलिया र वडा महिला सदस्य मनकुमारी विश्वकर्माले कार्यक्रमको सहजीकरण गरेका थिए । प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला नेता जीवन खतिवडाले चितवनमा सम्पन्न पार्टीको ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले एकमना एकताका साथ पार्टीको राजनीतिक–बैचारिक स्प्रिटअनुसार पार्टी संगठनात्मक कामलाई अघि बढाएको कार्यक्रममा सहभागी स्थानीय नेता हरि सुवेदीले बताए ।

भगतचन्द्र थपलियाले समेत सम्बोधन गरेको उक्त कार्यक्रममा नगर कमिटी सदस्यद्वय दुर्गाराज खत्री र मिनाक्षी तामाङ, स्थानीय बुद्धिजीवी देवराज थापा र दिलबहादुर कार्कीको सक्रिय सहभागिता रहेको नेता अनोज घिमिरेले टेलिफोन संवादमार्फत बताए । कार्यक्रम वडा अध्यक्ष पर्वत थापाको अध्यक्षता र वडा सचिव सञ्जय राईंको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.