निःशुल्क पशु स्वास्थ्य शिविर - Crazysaptahik.com

निःशुल्क पशु स्वास्थ्य शिविर


क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–९ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको १ लाख रुपैयाँ बजेटमा भएको शिविरमा ६ सय ६८ घरधुरीका १३ हजार ६ को मेडिकल उपचार, १ सय ५६ को माइनर सर्जिकल उपचार र २ सय ४१ को गाइनोक्लोजिकल गरी १३ हजार ३ सय ७६ पशुको उपचार भएको छ ।

जसमा, ७ सय १४ गाई, २ सय १२ भैंसी, २ हजार ८ सय ७० बाख्रा, ३ हजार ५ सय ४७ बंगुर, २४ ककुर, ५ हजार ९ सय ८ कुखुरा र १ सय १ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडाध्यक्ष भानुभक्त राई सहितको उपस्थितीमा शिविर सम्पन्न भएको हो ।

मंसिर २७ गते वडा नम्बर ८ ले र पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । त्यस्तै, नगरपालिकाको कार्यक्रमका रुपमा वडा नम्बर ३ र १० पनि यस किसिमले शिविर हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.