साफ यू–१९ महिला फुटबल : पहिलो खेलमा बंगलादेशसँग नेपालको बराबरी - Crazysaptahik.com

साफ यू–१९ महिला फुटबल : पहिलो खेलमा बंगलादेशसँग नेपालको बराबरी

शनिबारदेखि बंगलादेशमा सुरु भएको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग अंक बाँड्दै प्रतियोगिता सुरुवात गरेको हो ।

बंगलादेशले नेपालमाथि धेरै दबाब बनाएपनि नेपाल गोल खानबाट जोगियो । नेपालकी विमला विकले गोल लाइनबाट दुई सेभ गरिन् । यस्तै कप्तान तथा गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले पनि पाएको केही अवसर सदुपयोग गर्न सकेन । बराबरीपछि नेपालले पहिलो खेलमा १ अंक जोडेको छ ।च्याम्पियनसिपको पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० ले हराएको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.