झापाका कर्ण लिम्बुले च्यासलबाट लिग खेल्ने - Crazysaptahik.com

झापाका कर्ण लिम्बुले च्यासलबाट लिग खेल्ने

झापा । स्ट्राइकर कर्ण लिम्बुले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले पाँचौं चरणको खेलअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा लिगका लागि कर्णलाई टिममा अनुबन्ध गरिएको बताए । ‘हामीसँग स्ट्राइकरको कमी थियो । त्यसैले एक खेलाडी अनुबन्ध गरेका छौँ । ती खेलाडी कर्ण लिम्बु हो’ प्रि–म्याच कन्फ्रेन्समा आशिकले भने ।

यसअघि वि.सं. २०७६ सालमा भएको लिगमा कर्णले संकटा क्लबबाट लिग खेलेका थिए । त्यसअघि वि.सं. २०७५ मा उनले हिमालयन शेर्पाबाट लिग खेलेका थिए ।

झापाका कर्ण लिम्बु घरेलु फुटबलका लागि चर्चित स्ट्राइकर हुन् । उनी घरेलु फुटबलमा गोल गर्न माहिर छन् । तर पछिल्लो समय लिगमा भने उनले पुरानो लय भेट्टाउन सकेका छैनन् । राष्ट्रिय टिम पर्न संघर्ष गरेका कर्णले नेपालका लागि १ खेल खेलेका छन् । कर्णले २०७० सालमा मछिन्द्र क्लबबाट लिग खेलिसकेका छन् ।
– अनलाइनखबर

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.