
क्रेजी संवाददाता
मिक्लाजुङ । मोरङको मिक्लाजुङ –४ डाड्डुङ्गे सिलाम साक्मा चौकमा यले तङ्बे ५०८१ चासोक तङनाम साँस्कृतिक कार्यक्रम २०७८ हुनेभएको छ ।
किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ वडा नं.४ मोरङको आयोजनामा यही पुस ६ गते सो साँस्कृतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा गायक दिपक लिम्बुको मुख्य प्रस्तुति रहनेछ भने कुशल थलङ, सिद्धान्त खड्का, दिपना राई र अस्मिता÷एलिसको पनि पर्फमेन्स रहने आयोजकका संयोजक शुक्र थेगिमले जानकारी दिए ।
यस्तैगरी कार्यक्रममा प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री प्रदेश नं. १ का विष्णु तुम्वाहाङफे, अतिथिहरुद्वय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र याक्थुङ चुम्लुङ हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङ्वा रहने जनाइएको छ ।

