पथरीशनिश्चरे वडा नं. ७ मा पशु स्वास्थ्य शिविर - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ७ मा पशु स्वास्थ्य शिविर

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा शुक्रबार (आज) पशु स्वास्थ्य शिविर संचालन भएको छ ।

वडा कार्यालय परिसरमा सञ्चालन भएको स्वास्थ्य शिविरमा निःशुल्क चौपायाको स्वास्थ्य परीक्षण, निःशुल्क खोप र निःशुल्क औषधि उपचार गरिएको थियो । वडामा यस किसिमको सेवा लिन पाउँदा वडावासीहरु निक्कै नै हर्षित देखिन्थे ।

जसअन्तर्गत बाख्रा १९१८, गाई गोरु १२०८ कुखरा ४६१२, बंगुर १३०४ लाई औषधि वितरण गरियो । यस्तै गोरु ५ हल र १२ वटा बाख्राको बन्ध्याकरण गरिएको वडाध्यक्ष कपिलमणि ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.