पथरीशनिश्चरे–८ को नवनिर्मित भवनको उद्घाटन - Crazysaptahik.com

पथरीशनिश्चरे–८ को नवनिर्मित भवनको उद्घाटन

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–८ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अगुवाई तथा उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको सामुहिक उपस्थितिमा भवन उद्घाटन् गरिएको हो । यस्तै वडा नं. ८ कै सखुवारा मिलन चौकमा रहेको वडाको आधारभूत स्वास्थ सेवा केन्द्र भवनको पनि उद्घाटन गरिएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले नगरले आफ्नो क्षमताले भ्याएसम्म वडा वडामा विकास निर्माणको काममा गति दिएर नगरवासीको सेवामा निरन्तर लागिपरिरहेको वताउनुभयो ।

उक्त अवसरमा ४८ जना सहयोगदातालाई सम्मानित गरिएको छ । साथै वडाका महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक तथा कर्मचारी, ज्येष्ठ नागरिक सहितलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । वडाध्यक्ष बाबुराम दहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबारे बजार व्यवस्थापन समितिको ३ कठ्ठा १० धुरमा स्थानीय ४८ जनाले कम्तिमा २० हजार रुपैयाँका दरले रकम सहयोग प्रदान गरी थप १ कठ्ठा जग्गा खरिद गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.