मेलमिलापकर्ताहरूका लागि कानूनी आधारभूत शिक्षा कार्यक्रम - Crazysaptahik.com

मेलमिलापकर्ताहरूका लागि कानूनी आधारभूत शिक्षा कार्यक्रम

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरका मेलमिलापकर्ताहरुका लागि ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम आज (शुक्रबार)बाट सुरु भएको छ ।

सो कार्यक्रमको नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले उद्घाटन् गर्दै नगरको न्याय सम्पादनमा मेलमिलापकर्ताहरूको भूमिका महत्वपूूर्ण रहेको चर्चा गर्नुभयो ।

न्यायिक समितिले आयोजना गरेको पुनर्ताजगी कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले मेलमिलापकर्ताहरूको सक्रियतामा न्यायिक समितिले हालसम्म २ हजार वटा उजुरीहरू निरुपण गरेको बताउनुभयो । उहाँले सरकारको स्वमुल्यांकनमा शतप्रतिशत अंक ल्याएर जिल्लामा नमूना काम गर्न सफल भएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभयो । १० वटा वडामा रहेका मेलमिलापकर्ताहरूको सहभागिता रहेको कार्यक्रमको कानून व्यवसायी अधिवक्ता गणेशराज लुइटेलले सहजीकरण गर्नुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.