व्यवस्थापन सम्बन्धी दुई दिने तालिम - Crazysaptahik.com

व्यवस्थापन सम्बन्धी दुई दिने तालिम

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि ऋण व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

नगरको सहकारी शाखाको आयोजनामा सम्पन्न तालिममा लेखा समिति संयोजक र ऋण हेर्ने कर्मचारीका लागि आयोजित तालिममा १४ वटा सहकारीका सम्बन्धित पक्षको सहभागिता रहेको थियो ।

जिल्ला वचत संघका कोषाध्यक्ष जीवन बस्नेतले तालिमको सहजीकरण गर्नुभएको थियो । शाखा प्रमुख केशवदेवी धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । सहभागिलाई प्रमाण–पत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.