क्यान्सर पीडित बालिका जेसिकालाई आर्थिक सहयोग - Crazysaptahik.com

क्यान्सर पीडित बालिका जेसिकालाई आर्थिक सहयोग

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको  शिबसताक्षी ८ श्रीजंगा चोककी ४ वर्षीय क्यान्सर पीडित बालिका जेसिका बिकलाई दमकका एक दम्पतीले आर्थिक सहयोग गरेका छन ।

दमक १ फाल्गुनन्द चौक निबासी स्वास्थ्यकर्मी समेत रहेका मोना राई र बिरेन्द्र राई दम्पतीले आफ्नो २० औ बैबाहिक बर्ष गाँठको अवसरमा जेसिका बिकलाई सात हजार रुपैया सहयोग गरेका हुन । यस्ता बिभिन्न कार्यक्रममा फजुल खर्च गर्नु भन्दा केहि सामाजिक कार्यमा पनि सहयोग गर्ने उदेश्यले पिडित बालीकालई सहयोग गरेको बताइएको छ । उक्त सहयोग रकम शिबसताक्षीका नेता ,ब्यबसायी तथा समाजसेबी तुला बोखिमको हस्त बाहुलीबाट जेसिकाको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै समाजसेबी बोखिमले बालीकाको अवस्था अत्यान्त नजुक र दयन्य रहेकोले आफ्नो तर्फ बाट पनि केहि सहयोग गर्ने बताए । सो सहयोग रकम जेसिका बचाउ अभियानका सदस्य तथा पत्रकार अनिलदेब राईको पहल बाट भएको बताइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा दलित अधिकार समन्वय नगर समितिका अध्यक्ष तथा लक्ष्मी माध्यमीक बिद्यालयका प्रधानध्यपक खगेन्द्र लम्जेल ,जेसिका बचाउ अभियानका संयोजक पुर्ण लकान्द्री , सह संयोजक मोहन सिन्चेउरी लगायतको सहभागिता रहेको थियो ।

जेसिका गत बर्ष देखि बिर्तामोड स्थीत पुर्बञ्चल क्यानसर अस्पतालमा उपचारत रहेकी छिन । आर्थिक अवस्था कम्जोर रहेको जेसिका परिवारलाई अभियान संचालन गरेकर बिभिन्न सामाजिक संजाल तथा पत्रपत्रीका मार्फत समाचार प्रभा गरि आर्थिक संकलन भइरहेको संयोजक लकान्द्रीको भनाई छ । जेसिकालाई आँखामा टयुमर भइ क्यान्सर भएको परिवारको भनाई छ । अहिले जेसिकाको बिद्यालय जाने उमेरमा उपचारमा नै दिनहरु बिति रहेको छ । उस्लाई पुर्ण ठिकहुनको लागी अझै धरै रकम आवश्यक हुने हुदा सहयोगि मनहरुले झिलझिले स्थीत प्राइम बैकमा ०९४००२६७ पि डिमा जम्मा गर्न सक्ने वा ९८१४९५९०८६मा अभियानका संयोजक लाई फोन सम्पर्क गरि सहयोग गर्न समेत परिवारले आग्रह गरेको छ ।

शिबसताक्षी ८ श्रीजंगा चोककी ४ बर्षिय क्यान्सर पिडित बालीका जेसिका बिकलाई दमकका एक दम्पतीले आर्थिक सहयोग गरेका छन ।
दमक १ फाल्गुनन्द चौक निबासी स्वास्थ्यकर्मी समेत रहेका मोना राई र बिरेन्द्र राई दम्पतीले आफ्नो २०औ बैबाहिक बर्ष गाँठको अवसरमा जेसिका बिकलाई सात हजार रुपैया सहयोग गरेका हुन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.