शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो - Crazysaptahik.com

शीर्ष स्थानको रियल रेलिगेसन जोनको क्याडिसँग बराबरीमा रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड रेलिगेसन जोनमा रहेको क्याडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमै बराबरी खेलेपछि रियलले दोस्रो स्थानको सेभियासंग अंक दूरी अझ बढाउने अवसर गुमायो ।

१८ खेलबाट ४३ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सेभियाको ३७ अंक छ । उता क्याडिज भने १८ खेलबाट १४ अंकसहित १९औं स्थानमा छ ।

तस्रो स्थानको रियल बेटिस भने एथ्लेटिक विल्वाओसंग ३–२ ले पराजित भएको छ । बेटिसको १८ खेलबाट ३३ अंक छ । विल्बाओ १८ खेलबाट २४ अंक जोडेर नवौं स्थानमा उक्लेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.