
विश्वभर फैलिँदै गएको कोभिड–१९ ९ओमिक्रोन० को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ ।
दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो । शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ ।
‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौं ।
यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ,’ जारी गरेको विज्ञप्तीमा भनिएको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा हप्तामा २० हजार भन्दा बढीलाई ओमिक्रोन देखिन थालेपछि यो निर्णय लिएको बताइएको छ ।


