
क्रेजी संवाददाता
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको अध्यक्षमा भूमिका सुब्बा फियाक निर्वाचित भएकी छन् ।
शनिबार फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट फियाक अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मंसिर २५ गते अधिवेशनको उद्घाटन समारोह फोनिज संघीय समितिका वरिष्ट उपाध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्नभएको थियो ।
यसैगरी समितिको उपाध्यक्षमा सबिना राई ,सचिव तिलक योन्जन, सहसचिव बिन्दु मुकारुङ र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यमा प्रतीक्षा राजवंशी,सुरेश थापा आलेमगर,डिल्लीश्वर लिम्बू, एकराज प्रधान, सुजन प्रधान र धनकुमार लावती रहेका छन् ।
यस्दै प्रदेश महाधिवेशन प्रतिनिधिमा सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, सर्णीमा राई, सुमन बेघा, मिना नेम्बाङ, निरन राई, लीला राई, सौरभ मुखिया ए र सौरभ मुखिया सुनुवार बी चयन भएका छन् ।
यस्तै संघीय प्रतिनिधिमा देशराज नेम्बाङ , भारती राई , रमेश राई समदर्शी , गणेशमान मुखिया , विशाल नेम्बाङ , यज्ञराज सुब्बा (विष्णु) र आनन्द गुरुङ सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचन समितिमा फोनिज संघीय सचिव कमन देवानको संयोजक रहेको थियो भने झापा शाखा पूर्व अध्यक्ष इन्द्रजीत मुखिया र कुमार भट्टराई सदस्य रहेको थियो ।

