प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लबलाई - Crazysaptahik.com

प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लबलाई

क्रेजी संवाददाता
पथरीशनिश्चरे । झापाको दमकमा आयोजित प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले आफ्नो पोल्टामा पारेको छ ।

आइतबार भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर –३ लाई टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङले उपाधि उचालेको हो ।

निर्धारित समयमा १/ १ को बराबरी भएपछि खेलको निर्णय टाईबेकरबाट लिइएको थियो । टाईबेकरमा पथरीका गोल रक्षक अर्जुन बस्नेतले आयोजक टिमका गणेश हेमरनको गोल बचाएपछि पथरी बिजेता बनेको हो ।

पहिलो हाफको २७ मिनेटमा आयोजकका सौरभ लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइबेकरमा पथरीका तर्फबाट साईमन लिम्बु निरज परियार (काउली) , योगेश तामाङ,मञ्जील खड्का,निमन लिम्बुले गोल गरेका थिए भने आयोजक दमकको तर्फबाट सुमन राई,बिशाल दर्जी,सौरभ लिम्बुले मात्र गोल गर्न सफल भएका थिए ।

विजेता बनेपछि पथरी स्पोर्टिङ क्लबले नगद रु १ लाख ११ हजार तथा उपविजेता आयोजक वडा नम्बर ३ ले ५५ हजार सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका हुन् । खेलको विदागत तर्फ पथरीबाट निरज परियार (काउली) उच्च गोल कर्ता घोषित भए भने लाल बहादुर लिम्बु बेस्ट कोच, बिशाल पाण्डे म्यान अफ द म्याच घोेषित भए । यस्तै आयोजकका योगेश धिमाल बेस्ट गोल किपर, बिक्रम लिम्बु उत्कृष्ट डिफेन्स अजय मण्डल सर्वोत्कृट खेलाडी प्रितम कार्की, उदयमान खेलाडी पारस कार्की, उत्कृष्ठ मिड फिल्डरको रूपमा पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खवर