पथरीशनिश्चरे–८ मा एमालेको सपथ ग्रहण र सम्मान कार्यक्रम - Crazysaptahik.com

पथरीशनिश्चरे–८ मा एमालेको सपथ ग्रहण र सम्मान कार्यक्रम


क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेकपा एमालेको मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा गठित ९ वटा टोल कमिटीका पदाधिकारीको सोमबार सपथ ग्रहण र अपाङगता भएकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

दोहोलु शुक्रबारेमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इञ्चार्ज युवराज वास्कोटा सहितले टोल कमिटीका १ सय ८९ जनालाई सपथ ग्रहण गराउँदै वडामा नयाँ उर्जाका साथ काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला इञ्चार्ज ढकालले पार्टी छोड्नेहरुप्रति संकेत गर्दै अव देशमा एमालेले पार्टीमा सुद्धिकरण भई नयाँ ढंगले जनलहर सिर्जना गरेर आगामी निर्वाचनमा आफ्नो वर्चस्व कायम राख्ने बताउनु भयो ।

नगरमा टोल कमिटी गठनको लहर सिर्जना गरेको वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्कीको अध्यक्षताको कार्यक्रममा क्षेत्रीय कमिटी सदस्य एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर अध्यक्ष रमेश दहाल सहितले मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा, अपाङगता भएका १२ जनालाई सम्मान गरिएको छ । वडा नं. ८ का अध्यक्ष नविनजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य जीवन खतिवडा, भगत थपलिया लगाएतको नेताको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.