यू–१९ एसिया कप : कुवेतलाई नेपालले दियो २४० रनको लक्ष्य - Crazysaptahik.com

यू–१९ एसिया कप : कुवेतलाई नेपालले दियो २४० रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ । युएईको शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको हो ।

नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले १५ रन जोडे । त्यस्तै अर्जुन साउदले १०, गुल्सन झाले ७, सन्तोष कार्की र देव खनालले समान ५ रन जोडे ।

यसअघिका दुई खेलमा लगातार हार व्यहोरेपछि नेपाली टोली समूह चरणबाट बाहिरिसकेको छ । मंगलबार कुवेतसँगको खेल प्रतिष्ठाको खेल मात्र हुनेछ । समूह बी बाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.