विपन्न परिवारलाई खानेपानी निशुल्क खानेपानी वितरण गर्छौँः मेयर फागो - Crazysaptahik.com

विपन्न परिवारलाई खानेपानी निशुल्क खानेपानी वितरण गर्छौँः मेयर फागो

क्रेजी संवाददाता
पथरी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
उर्लाबारी-५ स्थित सगरमाथा साकोसको सभाहलमा सम्पन्न् भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको उर्लाबारीका विपन्न् परिवारलाई ५ युनिट अर्थात ५ हजार लिटर सम्म खानेपानी निशुल्क वितरण गर्न नगरपालिका तयार रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अथिती फागोले उर्लाबारीका सबै खानेपानीलाई एउटै आयोजनाका रुपमा सञ्चालन गरिने बताउदै पिउने पानीमा सबैको अधिकार भएको बताउँदै उनले उर्लाबारीका विपन्न वर्गलाई धारा जडान शुल्कमा ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने र मासिक पाँच युनिट सम्म पानी खपत गर्ने नागरिकहरुको महशुल नगरपालिकाले तिरिदिएको बताए ।

२०५२ सालमा स्थापना भएको उर्लाबारी खानेपानी हाल ४ हजार ९०२ घरमा पानी वितरण गर्दै आएको र उर्लाबारीमा २४७ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव पौडेलले बताए ।

चालु आवमा थप ६ सय धारा जडान गर्ने, बृहत सहलगानी आयोजनाबाट उर्लाबारी वडा नं। ४, ५, ६ र ७ मा सुधार, विस्तारको काम सुरु गरिने, वडा नं। ८ र ९ मा नयाँ आयोजना सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

संस्थाले गत आर्थिक वर्षमा २ करोड ३० लाख ७१ हजार ७४९ रुपैयाँ आम्दानी र १ करोड ६ लाख ६३ हजार ८६० रुपैयाँ खर्च गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाका कर्मचारी खेमराज खरेललाई सम्मान गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी, खानेपानी महासंघका केन्द्रीय सदस्य सूर्यप्रसाद गुरागाई, उर्लाबारी वडानं- ७ का वडाध्यक्ष वीरबल थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष भुपालसिंह राईले अध्यक्षको प्रतिवेदन, सचिव चिन्तामणि पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगन्नाथ भण्डारीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक श्यामबहादुर बस्नेतले लेखा समितिको प्रतिवेदन तथा कार्यालय प्रमुख राजु बुढाथोकीले प्राविधिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.