सुनाखरीको २९औं वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम सम्पन्न - Crazysaptahik.com

सुनाखरीको २९औं वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम सम्पन्न

ईस्वर दुलाल
पथरीशनिश्चर– मोरङको पथरी शनिश्चरे १ मा स्थापित सुनाखरी मा.विको २९ औं वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज विभिन्न सांकृतिक कार्यक्रम, विज्ञान प्रदर्शन, सम्मान तथा पुरस्कार वितरण गरी भव्यताका साथ सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई, विशिष्ट अथिति नगर उपप्रमुख यमुना बिष्ट बास्तोला, अर्जुन कुमार बुढाथोकी, दिननाथ तिम्सीना, रुपनारायण भट्टराई, उद्योग वााणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, लायन्स क्लवका अध्यक्ष तुलसी ढकाल, लोकगायक विरध्वज शीवा लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका रत्न साउदेन र कुमार चाम्लीङ सम्मनित भएका थिए । त्यस्तैगरी शिक्षक ऋद्धिबहादुर काफ्ले तेजबहादुर थापा, सृजना राई विद्यालका सहयोगी सलबहादुर तामाङ, कार्यालय सहयोगी युवराज ढकाल सम्मानित भएका थिए । भने, शिक्षक विवेक सुवेदीलाई सम्मान तथा बिदाइ गरिएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य सहप्रधानाध्यापक तारानिधि तिम्सीनाले गरेका थिए । कार्यक्रममा बोल्दै पथरी शनिश्चरे नगरप्रमुख दिलिपकुमार राईले ‘विद्यालको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरले थप सहयोग गर्ने बताए’ । सोहि कार्यक्रममा साकृतिक, विज्ञान प्रदशनि संगै खेलकुद प्रतियोगीताको पुरस्कार समेत बितरण गरेका थिए ।

कार्यक्रमको औचित्य बारे बोल्दै विद्यालयका प्रधानाध्यापक नरेन्द्र घिसीङले ‘विद्यालयलाई कसरी अगडि बढाउने भन्ने बारेमा मार्ग निर्देशन मिलेको बताए ।’

सो कार्यक्रमलाई शिक्षक बलाराम तिम्सीना र शिक्षिका सृजना राईले संचालन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर