
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–१ ले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो । स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा बर्नलीका बेन मि ले आत्मघाती गोल गरेपछि युनाइटेडले २–० को अग्रता बनायो । क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३–० को अग्रता दिलाए । त्यसपछि ३८ औं मिनेटमा बर्नलीका आरोन लेननोनले गोल फर्काउँदै गोल अन्तर कम पारेका थिए ।
तर त्यसपछि दुवै तर्फबाट खेलमा गोल नहुँदा युनाइटेडले सहज जित हात पा¥यो । जितपछि १८ खेलबाट ३१ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । वेष्टह्यामको पनि उति नै अंक भएपनि गोलअन्तरमा अघि छ । युनाइटेडले वेष्टह्यामले भन्दा एक खेल कम खेलेको छ । बर्नली १६ खेलबाट ११ अंक जोडेर १८ औं स्थानमा छ ।


