वल्डलिंकको नयाँ अफर फोटन ६ सय एमबीपीएस - Crazysaptahik.com

वल्डलिंकको नयाँ अफर फोटन ६ सय एमबीपीएस


भूमिप्रसाद पाठक, पथरी शनिश्चरे ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाको शाखाअन्तर्गत बजार क्षेत्रका विभिन्न टोलमा वल्र्डलिंक सेवा क्षेत्र विस्तार गरिएको छ । वल्र्डलिंकले यसपूर्व रमाइलो बजार क्षेत्रमा आफ्नो फाईवर टु द होम सेवा बिस्तार गरेको पथरी शाखाका प्रमुख विजय कडरियाले बताउनुभयो ।

वल्र्डलिंकले ब्याण्डविथ अपग्रेड अफ ३ सय एमबीपीएस नयाँ अफर ल्याएको समेतको जानकारी शाखा प्रमुख कडरियाले दिए । यो सँगसँगै अब केही दिनमा हसन्दह र अमरदहमा क्षमता बिस्तार गर्ने योजना रहेको उनले बताए । इन्टरनेट जडान गर्दा नेटटिभी निःशुल्क उपलब्ध गराइने, पुराना ग्राहकहरुलाई उहीँ शुल्कमा स्पिड बढाइने योजना रहेको र पथरी शाखाले नै बिहिबारे, जदाहा, आइतबारेसम्मको सेवा क्षेत्र बिस्तारमा पुगिसकेको बताए । यो सँगसँगै लेटाङ, खेरुवासम्म पुग्ने योजना रहेको कडरियाले सुनाए ।

ग्राहकहरुलाई नयाँ अफरसँग जोड्दै फोटन हाई स्पिड इन एभ्री कर्नर ३सय एमबीपीएस मूल्य मासिक १६ सय ५० तीनवटा टिभी चलाउन पाइनेछ।अब मासिक ९सयमा मात्र वल्डलिंकको ८० एमबीपीएस स्पिड ग्राहकहरूले पाउने शाखा प्रमुख कडरियाले सुझाए। वल्र्डलिंक ग्राहकलाई खुसी बनाउने योजना रहेको शाखा प्रमुख कडरियाले थपे ।
ग्राहकहरुको दैनन्दिन वृद्धि बढिरहेको र विभिन्न खेलकुद हुँदा यसको प्रयोग गरिएको वल्र्डलिंकको सेवा दिँदा खुशी लागेको र
११ हजारभन्दा फ्री वाइफाई नेपालभरि उपलब्ध गराएको, जस्तै अस्पताल, स्कुल, एयरपोर्ट,मन्दिर, होटल विभिन्न महोत्सवमा प्रायोजकका रूपमा सबै ग्राहकहरुको मन ज्त्नि सक्ने वाइफाई रहेको उनले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.