पथरीशनिश्चरे–८ मा उद्यमशीलता विकास तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे–८ मा उद्यमशीलता विकास तालिम

क्रेजी संवाददाता
पथरीशनिश्चरे । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा ८ दिने उद्यमशीलता विकास तालिम आइतबार सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर प्रमुख दिलीपकुमार राईले समापनका अवसरमा बोल्दै तालिममा सहभागिलाई उद्यमी बनेर नगरको नाम राख्न शुभकामना व्यक्त गर्नुभयो ।

सहभागीहरू ब्याग, डल कुसन, भुजिया बनाउने तथा बंगुर पालन तालिममा समूह विभाजन भएका छन् । वडाध्यक्ष बाबुराम दहालको अध्यक्षताको कार्यक्रममा नगर लेखा प्रमुख पिताम्बर वस्ती, वडा सदस्य मुना गजमेर सहितको सहभागिता रहेको थियो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यस किसिमले कार्यक्रम अघि बढेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.