दुई दिने ऋण व्यवस्थापन तालिम - Crazysaptahik.com

दुई दिने ऋण व्यवस्थापन तालिम

क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका सहकारी संस्थाका ऋण संयोजक र ऋण कर्मचारीका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

सोमबार नगरको सहकारी शाखाले आयोजना गरेको तालिममा ११ वटा सहकारी संस्थाका ऋण उपसमिति संयोजक र ऋण हेर्ने कर्मचारीको सहभागिता रहेको थियो ।

भाका नाघेको ऋणलाई व्यवस्थित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जनाउनुभयो । तालिममा, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष जीवन बस्नेतले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.