बलिउड अभिनेत्री मृणाल कोरोना संक्रमित - Crazysaptahik.com

बलिउड अभिनेत्री मृणाल कोरोना संक्रमित

बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् ।

आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई सुरक्षित रहन र कोभिड १९ परीक्षण गर्न अनुरोध समेत गरेकी छन् ।

मृणालको पछिल्लो चलचित्र ‘जर्सी’ प्रदर्शनको तयारीमा छ । उनी फिल्ममा अभिनेता शाहिद कपुरको साथमा देखिँदैछिन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.