पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम - Crazysaptahik.com

पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम

क्रेजी संवाददाता
पथरी । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम आजबाट सुरु भएको छ ।

नगरको लघु उद्यम विकास शाखा मार्फत् सञ्चालित तालिमको नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाले उद्घाटनका अवसरमा बोल्दै एक व्यक्तिले धेरै तालिम लिइ प्रमाण–पत्र भेला पार्नुभन्दा एउटा विषयको तालिम लिएर आफू व्यवसायिक बन्नतर्फ सहभागीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा वडा सदस्य खरिन्द्र धिमाल, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजीकरण गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यस किसिमले कार्यक्रम अघि बढेको हो ।

यसैबीच, नगर उपप्रमुख वास्तोलाले वडा नम्बर २ मा सञ्चालित लघु उद्यम कार्यक्रम अन्तर्गत सिलाइ कटाइ तालिमको अनुगमन गर्नुभयो । साथै उहाँले सोही वडामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना (दोस्रो) कार्यक्रम अन्तर्गत गौरी इन्टरनेशनल टेक्निकल एकेडेमीले सञ्चालन गरको ३ महिने निःशुल्क टेलरिङ तालिमको पनि अनुगमन गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.