पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्टसर्ट हुने - Crazysaptahik.com

पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्टसर्ट हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुनेभएको छ ।

सिन भिलेज कम्पनी प्रा.लि.को आयोजनामा यही पुस ३० गते सिन भिलेज पार्टी प्यालेस पथरीशनिश्चरे २ मा हुने सो कन्सर्टमा ख्यातिप्राप्त गायक प्रमोद खरेलको मुख्य आकर्षणको साथमा प्रस्तुति हुनेछ । यस्तैगरी पूर्वाञ्चलका ख्यातिप्राप्त गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीको पनि बेजोड प्रस्तुति रहने आयोजकका अध्यक्ष टंक गुरुङले जानकारी दिए ।

साथमा पथरी डान्स सेन्टरको विविध नृत्यहरु प्रस्तुत हुने सो कन्सर्टको प्रस्तोता तारा पाण्डेले गर्ने भएका छन् । सो कन्सर्ट हुने सिन भिलेज पार्टी प्यालेसमा मा स्वीमिङ पुल, तातो/चिसो पानी, समिनार हल, रेष्टुरेण्ड एण्ड बार आदिको राम्रो प्रवन्ध रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.