युभेन्ट्स र नेपोलीले अंक बाँडे - Crazysaptahik.com

युभेन्ट्स र नेपोलीले अंक बाँडे

इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १÷१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो । खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १\० को अग्रता बनायो ।

खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे । बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि सदुपयोग भएनन् । बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा छ भने नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा छ ।

सिरी ए कै अर्को खेलमा ९ खेलाडीमा सिमित रोमालाई ३(१ ले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा उक्लिएको छ । जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंकसहित शीर्ष स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.