९ खेलाडीमा सीमित रोमाविरुद्ध एसी मिलान हाबी - Crazysaptahik.com

९ खेलाडीमा सीमित रोमाविरुद्ध एसी मिलान हाबी

इटालियन सिरी ‘ए’ मा एसी मिलानले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा ९ खेलाडीमा सीमित रोमालाई ३–१ अन्तरले पराजित गर्दै एसि मिलान दोस्रो स्थानमा रहेको हो । घरेलु मैदान सान सिरामा मिलानको जितमा ओलिभर जिरोउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे ।

रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए । खेलको आठौं मिनेटमा जिाराउडको पेनाल्टी गोलबाट मिलानले अग्रता बनायो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानले २–० को अग्रता बनायो ।

४०औं मिनेटमा अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २–१ को अवस्थामा पुग्यो । खेलको ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड पाउँदा रोमा १० खेलाडीमा समेटियो । यसको फाइदा उठाउँदै ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लियो ।

९० मिनेटपछिको इन्जुरी समयमा जियानलुका मान्सिनीले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा समेटियो । इन्जरी समयको अन्तिम समयमा ज्लाटान इब्राहिमोभिचले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा मिलानले अर्काे अवसर गुमायो ।

जितसँगै मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर ४६ अंक सहित शीर्षस्थानमा छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.