बंगबन्धु म्याराथनमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने - Crazysaptahik.com

बंगबन्धु म्याराथनमा तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

बंगलादेशमा आयोजना हुने बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । गत संस्करणमा महिलातर्फ पदक जितेकी पुष्पा भण्डारीसहित किरण सिंह बोगटी र नरेन्द्र सिंह रावतले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार मन्त्रालयको सभाहलमा बंगबन्धु म्याराथनमा जाने टोलीलाई बिदाइ गरेका छन् । उनले जितको शुभकामना समेत दिए । १३औं दक्षिण एसियाली खेलकुदको पदक विजेता समेत रहेका पुष्पा र किरणले गत संस्करणसमेत दौडेका थिए ।

जहाँ पुष्पाले पदक जित्दा किरण पदक विहिन बनेका थिए । नेपाली टोलीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद अन्तर्गत एथ्लेटिक्स प्रशिक्षक चन्द्र गुरुङ छन् । नेपाली टोली शुक्रबार बंगलादेश प्रस्थान गर्नेछन । बगबन्धु ढाका म्याराथन यही जनवरी १० मा आयोजना हुनेछ । म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.