हिसान मोरङद्वारा पथरीमा वक्तृत्वकला प्रतियोगिता - Crazysaptahik.com

हिसान मोरङद्वारा पथरीमा वक्तृत्वकला प्रतियोगिता

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्लेले हिसान मोरङले पथरीशनिश्चरे नगरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर राम्रो काम गरेको प्रशंसा गर्नुभयो ।

काफ्लेले शुक्रबार नगरमा अवस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा उच्च शिक्षा तथा मावि संघ (हिसान) मोरङले आयोजना गरेको जिल्ला स्तरीय + २ वक्तृत्वकला प्रतियोगितामा सो कुरा बताउनुभएको हो ।

प्रतियोगितामा भानु मेमोरियल, विराटनगरको रूपेश श्रेष्ठ प्रथम भएका छन् भने द्वितीय शिक्षा सन्देश माविकी दिक्षा कार्की भएकी छिन् । त्यस्तै , शिक्षादीप माविकी सविना गिरीले तृतीय स्थान हासिल गरेकी थिइन् भने सान्त्वना पुरस्कार भानु मेमोरियल, विराटनगरकी निष्ठा बस्नेत, अरनिको माविकी स्निग्धा कोइराला , कान्तिपुर कलेजका निरज चौधरीले प्राप्त गरेका थिए ।

प्रतियोगिताका विजेताहरूलाई क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार स्वरूप ट्रफी, मेडल, प्रमाण–पत्र सहित १० हजार, ७ हजार, ५ हजार तथा ३/३ हजार रुपैयाँका दरले नगद रकम प्रदान गरिएको थियो ।

विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिकराम काफ्ले , हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङ अध्यक्ष राजेश कार्की, सोही कार्यक्रमका संयोजक समेत रहनुभएका हिसान मोरङका उपाध्यक्ष टि.एन. तिम्सिना समेतले पुरस्कार प्रदान गर्नुभयो ।

उक्त अवसरमा इलाका प्रहरी कार्यालय, पथरीका प्रमुख डिएसपी कृष्ण खड्का, नगर प्याव्सनका अध्यक्ष सुरेन्द्र लिम्बु, एन प्याव्सन पथरीशनिश्चरेका अध्यक्ष थिरप्रसाद आचार्य, पथरी वाणिज्य संघका महासचिव ईश्वर सापकोटा लगायतको उपस्थिति थियो । प्रतियोगिताका निर्णय मण्डलमा पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेल, लेटाङ क्याम्पसका उप–प्राध्यापक होमनाथ बराल र उर्लाबारी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक केशव निरौला रहनुभएको थियो ।

मोरङ हिसान अध्यक्ष राजेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको संचालन हिसान मोरङका सचिव दिनेश दहालले गरेका थिए ।

सम्बन्धित खवर