सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी अन्तिम चरणमा - Crazysaptahik.com

सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा हुने सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

आयोजक सिन भिलेज कम्पनी प्रा.लि.ले सोमबार पत्रकार सम्मलेन गरी कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । सो कन्सर्टमा गायक प्रमोद खरेल, नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमाल र गायिका बबिना किरातीको बेजोड प्रस्तुति रहनेछन् ।

मोरङको पथरीशनिश्चरे–२ मा स्थापित सिनभिलेज पार्टी प्यालेसमा पुस ३० गते कन्टर्स साँझ ५ बजेदेखि कन्सर्टमा ताराबीर पाण्डेको प्रस्तोता रहनेछन् ।

कन्सर्टका लागि आयोजकले नर्मल टिकट रु. २५० का दरले बिक्री गरिरहेको छ । २५० का दरका ६ सय बढी टिकट बिक्री भइसकेको संचालक दिपक बुढाथोकीले जानकारी गराए ।

यस्तै कन्सर्टका लागि भिआइपी १ हजार दरका टिकट पनि राखिएको छ । सो एक वटा टिकटबाट परिवार सहित कन्सर्टमा सहभागी हुन सकिने र १ वर्ष भरिका लागि सिनभिलेजमा जाँदा बिलमा उठेको रकमको १० प्रतिशत छुट समेत पाउने बुढाथोकीले बताए । भिआइपी टिकट हालसम्ममा २ सय भन्दा बढी बिक्री भएको बुढाथोकीले जानकारी दिए ।

एक विगाह क्षेत्रफलमा फैलिएको सिनभिलेजमा हाल ९ जनाको लगानी रहेको सिनभिलेज सञ्चालक अध्यक्ष टंक बहादुर गुरुङले बताए । जमिन सहित हालसम्म १५ करोड हाराहारी लगानी रहेको सिनभिलेजले हाल २६ जना कर्मचारीलाई रोजगार दिइरहेको छ कन्सर्टमा बेलबारी, केराबारी, लेटाङ, भाउन्ने, कानेपोखरी, जाँते, उर्लाबारी, मिक्लाजुङ देखिका मानिसहरु सहभागी हुने अनुमान आयोजकको रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.