पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी - Crazysaptahik.com

पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले स्थानीय पाठ्यक्रम निर्माणका लागि आइतबार सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नगरको शिक्षा शाखा प्रमुख एवम् स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक शालिग्राम काफ्लेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको बताउँदै यसको निर्माण र कार्यान्वयनमा चुनौती समेत रहेकाले सवैको सहकार्यमा सफलता हात पार्नुपर्न बताउनुभयो ।

नगर शिक्षा समितिको निर्णय बमोजिम गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुरुप कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माणका लागि पहिलो चरणमा सरोकारवालाहरुसँग कार्यशाला गरेको हो ।

संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदना, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले छलफल गरी टिपोट बुझाएका छन् ।

सो कार्यक्रममा, कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, कार्यदल सदस्य सचिव नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी, कार्यदल सदस्य रोहिणीप्रसाद घिमिरेले आफ्ना धारणा राख्नुभयो । कार्यदल सदस्य ऋषिराज धिमालले कार्यशालमा अवधारणा प्रस्तुतिका साथ सहजीकरण गर्नुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.