पीएम कप टी–२० : कर्णालीको पहिलो जित - Crazysaptahik.com

पीएम कप टी–२० : कर्णालीको पहिलो जित

कर्णाली प्रदेशले प्रधानमन्त्री कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले प्रदेश–१ लाई ३१ रनले पराजित गरेको हो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कर्णालीले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ ।

अनुज चुनारा र दिवान पुनले उत्कृष्ट बलिङ गरेपछि १२१ रनको लक्ष्य पछ्याएको प्रदेश १ लाई कर्णालीले १७.५ ओभरमा ८९ रनमै अलआउट  । प्रदेश १ का लागि फिर्दोस अन्सारीले सर्वाधिक २३ तथा दिपेश कँडेल र श्रवण यादवले समान १५ रन बनाए ।

कप्तान सिद्धान्त लोहनीले १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३३ रन हुँदा सात विकेट गुमाइसकेको प्रदेश १ का लागि दिपेश रफिरद्सले आठौं विकेटका लागि ३३ रन को साझेदारी गरेका थिए ।

कर्णालीका लागि अनुज चनाराले ३.५ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । यस्तै दिवान पुनले ४ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए । दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो । कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले ४१ बल खेल्दै ४ चौका मद्दतमा सर्वाधिक ३६ रन बनाए।

यस्तै प्रकाश जैसीले २५, राज शाहले १५ तथा विकेटकिपर विपिन रावलले ११ रन जोडे । प्रदेश १ का मुकुन्द यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले समान एक÷एक विकेट लिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.