प्रेस चौतारी मोरङ अध्यक्षमा कोइराला सर्वसम्मत - Crazysaptahik.com

प्रेस चौतारी मोरङ अध्यक्षमा कोइराला सर्वसम्मत

क्रेजी संवाददाता
मोरङ । प्रेस चौतारी मोरङको अध्यक्षमा सुदिप कोइराला निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षद्वयमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवद्वयमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरी चयन भएको नवनिर्वाचित अध्यक्ष कोइरालाले बताए ।
सदस्यहरूमा हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दिपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमिप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुंगाना, मनोजकुमार महतो, सामना भट्टराई, सम्जना चौधरी, इश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई १५ हजार ५ सय नगद र कदर पत्रसहित सम्मानित गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.