
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–३ मा अवस्थित पुर्वपश्चिम राजमार्गमा पर्ने सोल्टी खोला पुलको डिभाइडरमा म्याजिक भेन अनियन्त्रित भई ठोक्किर दुर्घटनामा परेको छ ।
विराटनगरबाट खाद्य सामाग्री बोकेर झापाको दमकका लागि हिडेको प्रदेश १–०२००२ च ४२६७ नम्बरको म्याजिक भेन अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किन पुगेको प्रहरिले जानकारी दिएको छ ।
दुर्घटनामा परी भेनका चालक बिराटनगर बस्ने अजय कुमार साहको हात र खुट्टामा सामान्य चोट लागेको छ भने कामदार सद्दाम हुसेन र अनवर अन्सारी लाई सामन्य चोटपटक लागेको अस्थायी प्रहरी चौकी मगलबारेका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधानले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रवार बिहान करिब ६ः३० बजेको समयमा भएको दुर्घटनामा भेनका चालक निदाएका कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाएको छ । घट्नाको बिस्तृत अनुसन्धानका लागि भेन र भेनका चालकलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
यस अघि सोही पुलमा बुधबार बिहानै मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा उर्लाबारी–७ बस्ने निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

